Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

अमेरिकामा दुइटा साना जहाज ठोक्किँदा चार जनाको मृत्यु

अमेरिकाको लस भेगसमा जहाज दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
लस भेगसको दक्षिणी क्षेत्रमा रहेको विमानस्थलनमा स्थानीय समयानुसार आइतबार मध्यान्ह १२ बजे दुई जहाज आपसमा ठोक्किएर दुर्घटना भएको बताइएको छ।

सिबिएसन्युजका अनुसार पाइपर पिए-४६ कलसाइन भएको जहाज र सेस्ना-१७२ जहाज आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनापछि पिए-४६ जहाज धावन मार्गमा बजारिएको थियो भने सेस्ना १७२ नजिकैको पोखरीमा खसेको थियो। दुबै जहाजमा दुई-दुई जना सवार थिए। दुर्घटनाको विषयमा उड्डयन प्राधिकरणले अनुसन्धान गरिरहेको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com