Yeti Khabar

२०८१ बैशाख २९, शनिबार - Sat May, 2024 -

जुवा खेलिरहेका १२ जना पक्राउ

भदौ,२० काठमाडौं । सर्लाहीमा जुवा खेलिरहेका चार जिल्लाका १२ जना पक्राउ परेका छन् ।
हरिवन नगरपालिका-२ स्थित छाप्रोमा कौडा खेलिरहेका उनीहरूलाई आज पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीहरुको साथबाट दुई लाख ७१ हजार ६०० र भारतीय २५० रुपैयाँ, ४ थान कौडा, तास, हुक्का सानो इन्भर्टर एक थान बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले बताउनु भयो ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका १ बस्ने ३५ वर्षीय तेजबहादुर गोले, ५३ वर्षीय शंकर श्रेष्ठ, ३४ वर्षीय चान्द खाँ, हरिवन नगरपालिका २ बस्ने ४९ वर्षीय टिकाप्रसाद घिमिरे, ३० वर्षीय भीम लामा, ४० वर्षीय हरि पौडेल, ३४ वर्षीय मानबहादुर थिङग छन् ।

यस्तै, कोडैना गाउापालिका २ बस्ने ५४ वर्षीय चुनीलाल चौधरी, पर्साको प्रसौनीभाठा नगरपालिका २ बस्ने ५४ वर्षीय पानालाल प्रसाद साह, धनुषाको मिथिला बिहारी नगरपालिका ७ बस्ने ५९ वर्षीय ईश्वरी साह, महोत्तरीको बर्दिबास नगरपालिका ८ बस्ने २९ वर्षीय हिरा बहादुर श्रेष्ठ र महोत्तरीकै औरही नगरपालिका २ बस्ने ३८ वर्षीय हरिनारायण महतोलाई पनि पक्राउ गरिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com