Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

उपत्यकाबाट लागुऔषधसहित १५ जना पक्राउ

भदौ,२१ काठमाडौं । प्रहरीले काठमाण्डौ उपत्यकाबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उपत्यकाको विभिन्न ठाउँबाट लागुऔषधसहित पक्राउ परेकालाई आज सार्वजनिक गरेको हो ।

विभिन्न व्यक्तिले लागुऔषध एम्पुल खरिदका लागि धरौटी राखेको विभिन्न कम्पनीको मोबाइल १७, घडी सात र गितार चार थानसमेत प्रहरीले बरामद गरेको छ । भदौ १६ गतेदेखि भदौ २० गतेसम्म ब्युरोको टोलीले उपत्यकाबाट खैरो हेरोइन दुई सय ८७ ग्राम, दुई सय ५२ एम्पुल र दुई किलो गाँजासहित १५ जनालाई पक्राउ गरेको ब्युरोका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक विकास खनालले जानकारी गराउनु भयो । खनालका अनुसार प्रतिबन्धित लागुऔषधको बजार मूल्य २९ लाख ९९ हजार चार सय रुपैयाँ रहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com