Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

नवजोत सिंह सिद्धुलाई सर्वोच्चले सुनायो एक वर्ष जेल सजाय

कांग्रेस नेता, कमेडियन तथा क्रिकेटर नवजोत सिंह सिद्धुलाई बिहीबार सर्वोच्च अदालतले सडक दुर्घटना मुद्दामा एक वर्षको जेल सजाय सुनाएको छ।
१९८८ मा भएको दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको थियो। ४ वर्षअघि उनलाई सर्वोच्च अदालतले एक हजार रुपैयाँ जरिवाना तिराएर छोडेको थियो।

त्यतिबेला उनीविरुद्ध प्रमाण नपुगेको भन्दै अदालतले उनलाई छाडेको हो। तर, पीडितको परिवारले पुनरावलोकनका लागि निवेदन पेस गरेका थिए।
क्रिकेटरबाट राजनीतिमा प्रवेश गरेका सिद्धुलाई आजै गिरफ्तार गरिने टाइम्स अफ इन्डियामा उल्लेख छ। उनलाई पटियाला जेल पठाउने तयारी भइरहेको छ।
उनले ट्वीटरमार्फत कानुनलाई समर्थन गर्ने बताएका छन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com