Yeti Khabar

२०८१ जेष्ठ ८, मंगलवार - Tue May, 2024 -

भेरी नदीमा ट्र्याक्टर खस्दा दुई जनाकाे ज्यान गयाे

रुकुम पश्चिम – रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ को भेरी नदीमा ट्र्याक्टर खस्दा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा ट्र्याक्टर चालक तथा मालिक आठबिसकोट–१४ विकास खड्का र हरि शर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यस्तै दुर्घटनामा घाइते भएका तीन जनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ । 

आठबिसकोटबाट जाजरकोट रिम्नातर्फ गइरहेको ट्र्याक्टर आज दिउँसो भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । ट्र्याक्टरकाे नम्बर अझै खुलेकाे छैन । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com