Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

थप एउटा भारतीय कफ सिरपबारे डब्ल्यूएचओको चेतावनी

 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले थप एउटा भारतीय कफ सिरपको बारेमा चेतावनी जारी गरेको छ । डब्ल्यूएचओले गुआइफेनेसिन टीजी नामको सिरपको परीक्षण गरेको नमुनामा डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोलको मात्रा अनुमतिभन्दा बढी भेटिएको भन्दै चेतावनी जारी गरेको हो ।

डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोल प्राणघातक हुन सक्छ । तर यो सिरप प्रयोग गर्नेहरूलाई परेको असरबारेमा भने डब्ल्यूएचओले नखुलाएको बीबीसी हिन्दीले जनाएको छ । तर यो सिरप उत्पादन गर्दै आएको क्युपी फार्माकेमका प्रबन्ध निर्देशक सुधीर पाठकले कम्पनीले सबै आवश्यक नियामकहरूबाट अनुमति लिएर कम्बोडियामा १८ हजारभन्दा बढी बोतलको ब्याच निर्यात गरेको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

यसअघि डब्ल्यूएचओले भारतमा बनेको कफ सिरपका कारण गाम्बिया र उज्वेकिस्तानका बालबालिकाको ज्यान भएको भन्दै दुई वटा कफ सिरपमाथि चेतावनी जारी गरेको थियो ।  एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com