Yeti Khabar

२०८१ जेष्ठ ७, सोमबार - Mon May, 2024 -

‘बर्ड फ्लु’ मानिसबाट मानिसमा सर्ने कुनै सम्भावना देखिएन : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बर्ड फ्लु सङ्क्रमण एक मानिसबाट अर्को मानिसमा सर्ने कुनै सम्भावना नदेखिएको जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घीय निकाय डब्ल्यूएचओले विज्ञप्ति निकालेर एच फाइव एन वान एभियन इन्फ्लुएन्जा भाइरसमा मानिसबाट मानिसमा सर्ने गरी परिवर्तनको कुनै सङ्केत नरहेको जनाएको हो । सन् २०२१ यता २८ जनामा बर्ड फ्लु सङ्क्रमण देखिएकोमा कतै पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सरेको पुष्टि नभएको विज्ञप्तिमा उल्लेख छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले सुक्ष्म अध्ययनमा पनि यो भाइरस मानिसबाट मानिसमा सर्ने लक्षण नदेखिएको तर निरन्तर निगरानी भने आवश्यक रहेको बताउनुभएको छ । पक्षीहरूकाे प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति बर्ड फ्लु सङ्क्रमणको जोखिममा बढी रहने भएकाले उनीहरूको विशेष हेरचाह आवश्यक पर्ने उहाँले बताउनुभयो । मासु तथा अण्डा राम्रोसँग पकाएर तथा दूध राम्रोसँग तताएर खाँदा सङ्क्रमणको खतरा नहुने पनि डब्ल्यूएचओले जनाएको छ ।

विशेषगरी पक्षीहरूमा हुने यो सङ्क्रमण पछिल्लो समय समुद्री स्तनपायीसँगै गाईवस्तुहरूमा पनि फैलिरहेको डब्ल्यूएचओको प्रतिवेदनमा उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com