Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

पार्टी एकतामा शंका नगरे हुन्छ देव गुरुङ

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको शुक्रबारको बैठक सकिएको छ ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दा नेता देव गुरुङले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले पार्टी एकताको विकल्प नरहेको जानकारी दिए । शुक्रबारको बैठकमा नेताद्वय प्रचण्ड र श्रेष्ठ मात्रै बोलेका थिए ।

‘मतभेदहरूमाथि छलफल र व्यवस्थापन गरिनुपर्छ । पार्टी एकताको विकल्प छैन । यही कुरा प्रचण्ड कमरेड र नारायणकाजी श्रेष्ठ कमरेडले राख्नुभयो नेता गुरुङले पत्रकारहरूसँग भने ‘नेताद्वयको भनाइले फरक मत भए छलफल हुन्छ । एकतामा शंका नगरे हुन्छ भन्ने संदेश दिएको हो।
दुवै नेताले पार्टी कमिटीलाई दरिलो बनाएर आगामी स्थानीय तहको चुनावमा केन्द्रीत हुनुपर्ने धारणा राखेका छन ।

नेता नारायणकाजी श्रेष्ठले आफूलाई अध्यक्ष प्रचण्डले पार्टी छोड् भनेको भनी टिप्पणी गरेका थिए । तर,प्रचण्डले आफ्नो मनसाय त्यस्तो नरहेको बताएको नेता गुरुङले जानकारी दिए । ‘पत्रकारले सोधेपछि मैले इरिटेड हुँदा त्यो बोले ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com