Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

आफ्नै घरको छतमा तरकारी टिप्न गएकी एक महिलाको छातीमा छड रोपिएर मृत्यु

भदौ, ७ काठमाडौं । आफ्नै घरको छतमा तरकारी टिप्न गएकी एक महिलाको छातीमा छड रोपिएर मृत्यु भएको छ।
रौतहटको कटहरिया नगरपालिका ५ बलिरामपुर गाउँकी एक महिलाको आफ्नै घरको छानामा रहेको पिलरको छड छातीमा रोपिएर मंगलबार मृत्यु भएको हो। घरको भुइँतल्ला निर्माण भएर बारीबाट घरको छतमा घिरौलाको लहरा लगेकी स्थानीय ३८ वर्षीय रुक्साना खातुनको घरको छतमा पिलर निर्माणको लागि छोडिएको छड छातिमा रोपिएर मृत्यु भएको हो।

घिरौलाको लहराले छपक्क छोपिइसकेको पिलरमा फलेको घिरौला टिप्न जाँदा चिप्लिएर छडमै लड्न पुगेपछि छातीमा छड रोपिन पुगेको प्रहरीको भनाइ छ। छातीमा छड रोपिएपछि महिलाको घटनास्थलमै मृत्यु भएको हो।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com