Yeti Khabar

२०८१ बैशाख ७, शुक्रबार - Fri Apr, 2024 -

सामूहिक बलात्कार गरेको आरोपमा आठ जना पक्राउ

भदौ,२७ काठमाडौं । पोखरामा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । गएको १४ गते पोखरा ७ शान्तिनगरबाट कारमा लिफ्ट पाएकी एक महिलामाथि सामूहिक बलात्कार भएको उजुरी परेको कास्की प्रहरीले बताएको छ ।

गएको १४ गते बिहान कारमा लिफ्ट दिएकाहरुले कास्कीको माछापुच्छ्रे गाउँपालिका लगेर बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी हुन् । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ मा रहेको एक बङ्गुर फार्ममा लगेर कर्मचारी बस्ने कोठामा ९ जनाले पटक पटक बलात्कार गरेको पीडित महिलाले बताएकी कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारीबताउनु भयो ।

बलात्कारमा संलग्न रहेको आरोप लागेका ९ जनामध्ये ८ जना पक्राउ परिसकेका र फरार रहेका एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com