जातीय विभेदको आरोपमा एक युवालाई दुई महिना कैद

जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको आरोपमा एक जना युवालाई अदालतले दुई महिना कैद सजाय हुने फैसला सुनाएको हो।
धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई लक्षित गरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको आरोपमा उच्च अदालत दीपायलले कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेलाई दुई महिना कैद सजायको फैसला गरेको छ।
मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको इजलासले आइतबार पाण्डेलाई दुई महिना कैद र २० हजार जरिवानाको फैसला सुनाएको उच्च अदालत दीपायलका सूचना अधिकारी नरबहादुर नेगीले बताए।
Facebook Comment