Yeti Khabar

२०८१ बैशाख ७, शुक्रबार - Fri Apr, 2024 -

नारायणगढ–मुग्लिन हुँदै जाने सवारी साधन नवलपुरमै रोकिए

पहिराका कारण नारायणगढ–मुग्लिन सडक र पृथ्वीराजमार्ग अवरूद्ध भएपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सडकमा सवारी साधन रोकिएका छन्।

नवलपुर हुँदै पोखरा तथा काठमाडौं जाने सवारी साधन जिल्लामै रोकिएको ट्राफिक प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप थापाले चितवनको नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरूद्ध भएपछि जिल्लामा नै सवारी साधन रोकिएको बताए।

‘नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर–२९ को केराबारी र १७ किलो तथा पृथ्वी राजमार्गअन्तर्गत चितवनकै कुरिनटारमा पहिरो गएको खबर आएको छ’, उनले भने, ‘चितवनतर्फ सवारी साधनको चाप कम गर्नका लागि नवलपुरबाट नारायणगढ–मुग्लिन हुँदै चल्ने सवारी साधनलाई जिल्लाका विभिन्न स्थानमा रोकेका छौं।’

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई उदृत गर्दै प्रहरी निरीक्षक थापाले केराबारीमा झरेको पहिरो हटाउन आज दिनभरि लाग्नसक्ने तर नारायणगढ–मुग्लिन सडक हुँदै चल्ने बाहेकका सवारी साधनलाई भने गन्तव्यसम्म जान दिइएको बताए। आइतबार रातिदेखि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com