Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

वडा अध्यक्षका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

वैशाख, १६ काठमाण्डौ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं १ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएका बीरबहादुर गिरीले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार इन्द्रे गिरी लगायतलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिने दिन हो ।

उम्मेदवारी फिर्ता लिन चाहनेले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिइसक्नुपर्छ । माओवादी केन्द्रको पकड क्षेत्र मानिने चौरजहाजरी नगरपालिकामा सत्ता गठबन्धन दलहरुबीच तालमेल भएको छैन । माओवादीले नगरपालिकाको मेयरमा पुष्प बादी र उपमेयरमा इश्वरी कुमारी शर्मा (बीएम) लाई उम्मेदवार बनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com