Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

ब्रेक फेल भएर बस पल्टिँदा सहचालकसहित चार जना घाइते

मंसिर,१८ काठमाडौं । खोटाङमा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
आज बिहान साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट दिक्तेलका लागि छुटेको बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामिसरामा पल्टिँदा सहचालकसहित चार जना घाइते भएका छन् ।

ब्रेक फेल भएर सडकमा बस पल्टिँदा साकेला गाउँपालिका–३ खिदिमाका दिपेन्द्र तामाङ, कल्पना राई, ऐँसेलुखर्क गाउँपालिकाकी ईन्दिरा पुरी र शारदा नगरपालिका सल्यानका सहचालक मिलन मगर घाइते भएका हुन् । ब्रेक पाइप फुटेपछि हावा लिक भएर बस पल्टिएको चालक सुदन विकले जानकारी दिनु भयो ।

टाउको, कान लगायतका ठाउँमा चोटपटक लागेका घाइतेलाई घट्नास्थलमै स्वास्थ्यकर्मी बोलाएर प्राथमिक उपचार गरिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com