Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

एमाले र राप्रपालाई प्रधानमन्त्री प्रचण्डको आग्रह- राष्ट्रिय सहमतिका लागि विश्वासको मत दिनुस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिका लागि आफूलाई विश्वासको मत दिन एमाले र राप्रपालाई आग्रह गरेका छन् ।
सोमबार संसद बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो निर्णयमा पुनर्विचार गरेर आफूलाई विश्वासको मत दिन एमाले र राप्रपालाई आग्रह गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले जनतामा भ्रम सिर्जना गर्ने र लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग गराउने प्रयास भइरहेकाले स्थायित्व र एकताको सन्देश दिन पनि एमाले र राप्रपाले विश्वासको मत दिनुपर्ने बताए ।

अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । एकथरी अराजक तत्वहरूले आ-आफ्ना गुफाबाट निस्केर नयाँ समस्या पैदा गर्ने प्रयास गरिरहेका छन् । जनतामा भ्रम सिर्जना गर्ने र लोकतान्त्रिक संस्थाहरूविरुद्ध मोहभंग गराउने प्रयास भइरहेको छ । मुलुकको आर्थिक प्रणाली नै अवरुद्ध पार्ने सम्मका कुत्सित कोशिश पनि भइरहेका छन् । यस्तो बेला पनि हामी विभाजित भयौं भने हामीले इतिहासलाई के जवाफ दिने ?, प्रधानमन्त्री प्रचण्डले भने, सिंगो संसद र विशेष गरी एमाले र राप्रपालाई पनि आफ्नो निर्णयमा पुनःविचार गर्न र राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत दिन आग्रह गर्दछु ।शिलापत्र बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com