Yeti Khabar

२०८१ जेष्ठ ६, आईतवार - Sun May, 2024 -

इजरायली सेनाले गाजाको रफाह शहरमा आक्रमण थाल्यो

इजरायली सेनाले गाजाको रफाह सहरमा आक्रमण शुरु गरेको छ । इजरायलले रफाहमा विद्रोही लडाकु समूह हमासलाई लक्षित गरेर आक्रमण थालेको बीबीसीले जनाएको छ ।  यसअघि इजरायलले खान युनिस नजिकै रहेको शिविरबाट एक लाख जना शरणार्थीलाई अन्तैका राहत शिविरमा जान आग्रह गरेको थियो । इजरायले हमासको युद्धविराम सम्झौतालाई स्वीकार गरे पनि रफाहमा आक्रमण गरिरहेको छ ।

यसैबीच, युद्धविरामको सम्झौताबारे थप वार्ताका लागि कायरोमा प्रतिनिधिमण्डल पठाउने तयारी गरिरहेको इजरायलले जनाएको छ । यसअघि इजरायलले हमासले गरेको सम्झौता इजरायलको मागभन्दा धेरै टाढा रहेको बताएको थियो । युद्धविरामको लागि इजिप्ट र कतारले मध्यस्थता गरेको थियो । यद्यपी इजरायल र हमासले युद्धको अवस्था ल्याउनुमा एकअर्कालाई आरोप प्रत्यारोप गरेर वार्ता असफल बनाएका थिए । युद्धविराम प्रस्तावका सर्तबारे भने कुनै जानकारी दिइएको छैन ।

यो सम्झौतामा इजरायली बन्दीहरुको रिहाईको बदलामा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरुलाई रिहा गर्ने प्रस्ताव आउने सम्भावना रहेको खबरमा उल्लेख छ ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि इजरायलको सरकार र हमासलाई सम्झौतामा सहमत हुन अतिरिक्त प्रयास गर्न आग्रह गर्नुभएको छ । उहाँले इजरायलले हमासमाथि निरन्तर गरिरहेको कारवाही चिन्ताजनक रहेको बताउनुभएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com