Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

अमेरिकी ड्रोन रुसी विमानसँग ठोक्किएर समुद्रमा खसेपछि बढ्यो रुस–अमेरिकी टकरावको जोखिम

रुसको सु–२७ लडाकु विमानसँग ठोक्किएर एक अमेरिकी ड्रोन ब्ल्याक सीमा खसेपछि अमेरिका र उसका सहयोगीले रुसको विरोध गरेका छन् ।
अमेरिकाका अनुसार अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा उसको ड्रोनले नियमित उडान गरिरहेको थियो, सो क्रममा रुसका दुई लडाकु विमानले एमक्यू–९ रिपर ड्रोनलाई बाधा पुर्‍याउँदा ड्रोन ब्ल्याक सीमा खसेको थियो ।

रुसले भने ड्रोन तेज गतिमा भएका कारण मार्ग परिवर्तन गर्ने क्रममा समुद्रमा खसेको जनाएको छ । रुसी मन्त्रालयका अनुसार अमेरिकी रिपर ड्रोनले ट्रान्सपोन्डर बन्द गरेर उडिरहेका कारण ड्रोन त्यहाँ थियो भनेर रुसी पाइलटलाई थाहा भएन, सोही कारण दुर्घटना हुनपुग्यो ।

रुसले अमेरिकी गल्तीकै कारण यस्तो हुन पुगेको जनाएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले भने रुसी लडाकुविमानको यस कार्यको विरोध जनाएको छ । यस क्रममा अमेरिकाका लागि रुसी राजदूत एनाटोली एन्टोनोभले रुसले अमेरिकासँग टकराव नचाहेको प्रतिक्रिया जनाएका छन् । उनले अमेरिकी ड्रोन रुसी सीमाक्षेत्रनजिक के गरिरहेको थियो भनेर प्रश्न गरेका छन् ।

अमेरिकी रिपर ड्रोनले १७ सय केजीको विस्फोटक पदार्थ बोक्नसक्छ । यस्ता आक्रामक ड्रोनहरू नजिक हुँदा पनि रुसी हवाई सेनाका पाइलटले आक्रमण नगर्नु त्यो रुसको व्यावहारिक र व्यवसायिक कार्य भएको एन्टोनोभको भनाइ छ ।

उता अमेरिकाले उक्त ड्रोन खोज्न थालेको छ । आफू बाहेक अरुको हातमा ड्रोन पुगेमा त्यहाँ भएका जानकारीहरू चोरी हुनसक्ने अमेरिकी आशंका छ । अमेरिकासँगै अस्ट्रेलिया र बेलायतले यस विषयमा रुसको विरोध जनाएको छ ।

अस्ट्रेलियाका रक्षामन्त्री तथा कायममुकायम प्रधानमन्त्री रिचार्ड मार्ल्सले रुसी सेनाले नियमहरूको उल्लंघन गरेको बताउँदा बेलायतले अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा रुसी सेनाले अन्य देशको ड्रोन र विमानलाई बाधा पुर्‍याउनु गलत कार्य हो भनेको छ ।

यो घटनाले अमेरिका र रुसबीच सिधा टकरावको जोखिम सिर्जना हुन सक्ने आशंका गरिएको छ । युक्रेन युद्धलाई लिएर यी दुवै देश सुरुदेखि नै वाक युद्धमा छन् ।
युक्रेनलाई अमेरिकाले लगातार हतियार सहयोग गरिरहँदा रुसले युद्ध लम्बिनुमा अमेरिका मुख्य कारक भएको बताउने गर्दछ । सीएनएन

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com