Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

उपत्यकासहित देशभरको बढ्यो तापक्रम

माघ,२६ काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशभर अधिकतम तापक्रम बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । केही दिनपछि बिस्तारै न्यूनतम तापक्रम पनि बढ्दै जाने मौसमविद् सञ्जीव अधिकारीले बताउनु भयो ।

आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस पुग्न सक्ने महाशाखाको अनुमान छ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री रहेको छ ।

यस्तै, डोटीको दिपायलको अधिकतम तापक्रम २५ देखि २७ डिग्री, दाङको घोराही र रुपन्देहीको भैरहवामा २० देखि २२ डिग्री, सुर्खेतको वीरेन्द्रनगर र जनकपुरको अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com