Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सबै स्थानीय तहको नतिजा आयो, माओवादी हावी

जेठ,५ काठमाडौं । गोरखाका सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिकाको पनि नतिजा आएसँगै मतगणना सम्पन्न भएको हो । सो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन्। अध्यक्षमा निमा लामाले १६२४ मत प्राप्त गरेर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी धन बहादुर गुरुङले १३११ मत प्राप्त गरे ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेकी लक्ष्मी गुरुङले १५६५ मत प्राप्त गर्दा उनकी प्रतिष्पर्धि नेपाली काँग्रेसकी मेतोक छोकी लामाले १३०७ मत प्राप्त गरिन् । यसैगरी वडा अध्यक्षमा १ मा कर्मा छेवाङ लामा, २ मा मिङ्मा दोर्जे लामा, ४ मा पेमा ग्यलपो लामा,५ मा कालेन छेवाङ लामा, ७ मा टसि दोर्जे लामा नेपाली काँग्रेसबाट र ३ मा रामकुमार गुरुङ ६ मा सरोज लामा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका छन्। वडा नम्बर ६ का लामा यस अघि नै निर्विरोध निर्वाचित भएका थिए ।

गोरखाको ९ पालिकामा माओवादी विजयी भएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com