Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

इन्डोनेसियाको रंगशालामा भागदौड मच्चिँदा १७४ जनाको मृत्यु

इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दंगा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको संख्या १७४ पुगेको छ।
स्थानीय समयानुसार आइतबार बिहान ९:३० बजे मृत्यु हुनेको संख्या १५८ पुगेको थियो।

१०ः३० यो संख्या १७४ पुगेको पूर्वी जाभाका डेपुटी गभर्नर एमिल डार्डकले जानकारी दिए।
इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले बताएअनुसार खेलका क्रममा एक खेलका पक्षधरले आफ्नो पक्षको हार सहन नसक्दा यस्तो घटना भएको थियो।

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अखिन्ताका अनुसार खेलमा हार खाएको एक पक्षका समर्थकहरूले हार सहन नसकेर हिंसा मच्चाएका हुन्।

त्यसपछि त्यहाँ जम्मा भएको भीडमा भागदौड पनि मच्चिएको थियो। भागदौडमा परेर करिब दुई सय जना घाइते पनि भएका जनाइएको छ।

हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए। त्यसलगत्तै प्रहरीले पनि भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको थियो।प्रहरीले अश्रुग्यास हानेपछि सो खेल हेर्न त्यहाँ जम्मा भएका भीडका बीचमा भागदौड भएको थियो। धेरै जसो मानिसले त्यही भागदौडमा परेर ज्यान गुमाएका थिए।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com