Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

सर्लाहीमा नापी कार्यालयका प्रमुख चढेको जीप दुर्घटना

माघ,२३ काठमाण्डौ । सर्लाहीमा नापी कार्यालयका प्रमुख चढेको भारतीय नम्बर प्लेटको जीप दुर्घटना भएको छ । बीआर ०६ पीडी ९६४८ नम्बरको जीप दुर्घटना हुँदा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरसहित १० जना घाइते भएका छन् । मलङ्गवा नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा नगरपालिका–१० गम्हरियामा सोमबार बेलुका जीप दुर्घटना भएको हो ।

जीप उखु बोकेको ट्र्याक्टरसँंग गम्हरियामा ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले बताउनुभयो । दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख मानन्धर, वैधनाथ राउत, अजयकुमार यादव, बैजु यादव, रामलाल साह, सञ्जीवकुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय घाइते हुनुभएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com