Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सिंगापुरले राजापाक्षेलाई थप १४ दिन बस्न दिने

देश छोडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटवाया राजापाक्षेलाई सिंगापुरले थप १४ दिन आफ्नो देशमा बस्न दिने भएको छ।
स्ट्रेटस टाइम्स पत्रिकाका अनुसार राजापाक्षेलाई श्रीलंकामा बस्न दुई साता म्याद थपेको हो।

प्रदर्शनकारीहरूले राष्ट्रपति निवास घेरेपछि राजापाक्षे भागेका थिए। सुरूमा देशभित्र लुकेर बसेका उनी पछि सैनिक जहाजमा माल्दिभ्स गएका थिए।

माल्दिभ्सबाट १४ दिनअघि सिंगापुर पुगेका राजापाक्षेलाई सुरूमा छोटो समयका लागि भिजिट पास दिइएको थियो।
सिंगापुरमै केही अधिकारवादी संस्थाहरूले राजापाक्षेविरूद्ध उजुरी पनि गरेका छन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com