Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

एमालेका महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटना

माघ,२८ काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटनामा परेको छ। महासचिव चढेको म १ च ३६९ नम्बरको गाडी हिजो दिउँसो साढे तीन बजे दैलेखको डुंगेश्वरमा दुर्घटना भएको पार्टी केन्द्रीय सदस्य विष्णु रिजालले बताए ।

चुप्रा बजार नजिकै गाडी सडक छेउमा पल्टिएको थियो। महासचिव पोखरेल सकुशल रहेको रिजालले बताए । एमाले महासचिव पोखरेल पार्टी दैलेख जिल्ला कमिटीको आठौं अधिवेशन उद्घाटनका लागि जाँदै थिए । गाडीमा पाँच जना सवार रहेको र दुर्घटनामा एमाले कर्णालीकी उपसचिव पद्मा खड्काको हात भाँच्चिएको रिजालले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com