Yeti Khabar

२०८१ श्रावण १, मंगलवार - Tue Jul, 2024 -

महोत्तरीमा चल्यो गोली ,एक जना गम्भीर घाइते

असार,२० काठमाडौं । महोत्तरीमा गोली चलेको छ। हिजो साँझ पौने ६ बजे जिल्लाको रामगोपालपुर नगरपालिका-१ बसबिट्टीमा ४४ वर्षीय श्रवण यादवमाथि गोली प्रहार भएको हो।

जिल्ला प्रहरी कार्याल महोत्तरीका प्रवक्ता डिएसपी दीलिपकुमार गिरीका अनुसार यादवलाई ३८ वर्षीय कौशल मण्डलले गोली प्रहार गरेका हुन्।
गोली लागेर यादव गम्भीर घाइते भएका छन्। उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको डिएसपी गिरीले बताए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा सामान्य विवादमा कौशलले श्रवणमाथि गोली प्रहार गरेका थिए। श्रवणमाथि गोली चलाएपछि कौशललाई स्थानीयले नियन्त्रणमा लिइ कुटपीट समेत गरेका थिए। श्रवणको होस खुलिनसकेकोले उनलाई थप सोध्न पाएका छैनौं। गोली प्रहार गर्ने व्यक्ति पनि उपचाररत नै भएकाले अहिले थप खुल्न सकेको छैन,’ डिएसपी गिरीले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com