Yeti Khabar

२०८१ भाद्र ३१, सोमबार - Mon Sep, 2024 -

सिन्धुलीको ग्वाङ खोलामा आएको बाढीले निर्माणाधीन पुल भत्कायो

काठमाडौं २१ चैत । सिन्धुलीको ग्वाङ खोलामा आएको बाढीले निर्माणाधीन पुल भत्काएको छ।
ग्वाङ खोलामा निर्माण भइरहको पुल हिजो राति आएको बाढीले भत्काएको हो।
ढलानका लागि तयारी अवस्थामा रहेको पुल बेमौसमी बाढीले भत्काएको वडाध्यक्ष पूर्णबहादुर खड्काले जानकारी दिएका छन ।

‘तीन वर्षअघि नै ठेक्का लागेको भए पनि धेरै ढिलो गरी पुल बन्न थालेको थियो,’ वडाध्यक्ष खड्काले भने।
पुलले वडा नम्बर ५ र ६ जोड्थ्यो। सिन्धुली कारागार जाने बाटोमा पक्की पुल नहुँदा समस्या भएकाले पुल निर्माण थालिएको थियो।

पुल निर्माणका लागि खोलो थुनिएको र पानीको चाप थेग्न नसकेपछि भत्किएको खड्काले बताए।
निर्माण कम्पनी काममा फर्किएको एक महिना भएको थियो। आधी काम गरेपछि निर्माण कम्पनीले त्यतिकै काम छोडेको थियो।
‘अहिले ढलान गर्न भनी खोलो थुनेर काम थालेको थियो, बाढीले पुल नै भत्काइदियो

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com