Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

साउनमा ७८ अर्ब ८७ करोड उठ्यो राजस्व

सरकारले चालू आर्थिक वर्षको पहिलो महिनामा ७८ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । साउनमा चालू आवमा उठाउने लक्ष्यको ५.५४ प्रतिशत मात्रै संकलन भएको हो । यस वर्ष १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व उठाउने सरकारको लक्ष्य छ ।

गत आर्थिक वर्षको साउन महिनामा ७९ अर्ब ७२ करोड राजस्व उठेको थियो । जसको तुलनामा चालू आवको साउनमा उठेको राजस्व १.०६ प्रतिशतले कम हो । यसमा कर राजस्व ७० अर्ब १७ करोड र आठ अर्ब ६९ करोड संकलन भएको छ । यस अवधिमा सरकारले नौ अर्ब ३४ करोड अन्य आम्दानीसमेत गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउन मसान्तसम्ममा सरकारले ३५ अर्ब १७ करोड ९० लाखबराबर बजेट खर्च गरेको छ । यही अवधिमा सरकारको कुल प्राप्ति भने ८८ अर्ब १३ करोड ९० लाख रुपैयाँबराबर छ ।

चालू आर्थिक वर्षमा सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँबराबरको बजेट ल्याएको थियो । जसमध्ये चालूतर्फ नौ खर्ब ४९ अर्ब ३३ करोड ५६ लाख रुपैयाँ, पुँजीगततर्फ चार खर्ब ७१ अर्ब ६ करोड ५८ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ३० अर्ब ९१ करोड सात लाख रुपैयाँबराबर बजेट छुट्याइएको थियो ।

साउन मसान्तसम्ममा चालूतर्फ १२ अर्ब १९ करोड १७ लाख (अर्थात् वार्षिक लक्ष्यको एक दशमलव २८ प्रतिशत) र पुँजीगततर्फ ९० करोड ६१ लाख (अर्थात् वार्षिक लक्ष्यको शून्य दशमलव १९ प्रतिशत)बराबर खर्च भएको छ ।

यो अवधिमा चालू र पुँजीगत शीर्षकमा भएको भन्दा वित्तीय व्यवस्थामा भएको बजेट खर्च धेरै छ । साउनमा सरकारले वित्तीय व्यवस्थातर्फ २२ अर्ब सात करोड ८१ लाख रुपैयाँबराबर खर्च गरेको छ । जुन वित्तीय व्यवस्थातर्फको वार्षिक लक्ष्यको ६ दशमलव ६७ प्रतिशतबराबर हो । नयाँ पत्रिका बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com