Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

स्विट्जरल्याण्डमा जलवायु परिवर्तनसम्बन्धी फैसला वृद्ध महिला समूहको पक्षमा

स्विट्जरल्याण्डमा युरोपेली मानवअधिकार अदालतले जलवायु परिवर्तनविरुद्ध अभियान चलाउने नागरिकको पक्षमा ऐतिहासिक फैसला गरेको छ । अदालतले आफ्नो फैसलामा स्विट्जरल्याण्डले जलवायु परिवर्तनविरुद्ध  उपयुक्त कदम नचालेका कारण दुई हजारभन्दा बढी वृद्ध महिलाको स्वास्थ्य र जीवनको अधिकार हनन गरेको जनाएको छ ।

प्रशासनले कार्बन उत्सर्जन घटाउने लक्ष्य पूरा गर्न पर्याप्त कदम चाल्न नसकेको फैसलामा उल्लेख छ । स्विट्जरल्याण्डमा वृद्ध महिलाहरूको समूहले जलवायु परिवर्तनसम्बन्धी पहिलो मुद्दा जितेको बीबीसीले जनाएको छ । ७० वर्षका वृद्ध महिलाहरुले आफ्नो उमेर र विशेषगरी महिला भएकाले जलवायु परिवर्तनका कारण वातावरणमा परेको प्रभावसँगै बढ्दो गर्मीले दैनिकी र स्वास्थ्यमा असर गरेको बताएका छन् ।

जलवायु परिवर्तनको विषयमा आवाज उठाउने विश्वभरका सङ्घसंस्थाले यो महिलाको समूहलाई बधाई दिएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com