Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

होटलमा खाजा खान आएका ग्राहकको छुरा हानेर हत्या

बैशाख,२८ काठमाण्डौ । हत्या आरोपमा धादिङमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बलुका गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवाबोटेमा रहेको सानदार होटलमा खाजा खान गएका गल्छी गाउँपालिका ८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरको हत्या भएको हो ।

विनोदको हत्या आरोपमा होटल सञ्चालक २८ वर्षीय निरज पण्डित र पण्डितकी आमा सरस्वतीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
खाजा खाएको पैसा तिर्ने क्रममा विवाद भएपछि निरजले विनोदलाई छुरा हानेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) धर्मजित थिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार खाजा खाएको एक हजार एक सय रुपैयाँ तिर्न विनोदले एक हजार ५ सय रुपैयाँ दिएको तर चार सय रुपैयाँ फिर्ता नपाएपछि विवाद सुरु भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com