Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

विश्वकपको नकआउट चरणमा पुग्ने ऐतिहासिक अवसरबाट चुक्यो इरान

मंसिर, १४ काठमाडौं । क्रिष्टियन पुलिसिचको एकमात्र गोल सहयोगमा अमेरिकाले इरानमाथि निर्णायक जित निकाल्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह बी बाट उपविजेता बनेको अमेरिकाले अन्तिम १६ मा समूह ए को विजेता नेदरल्याण्ड्सको सामना गर्नुपर्नेछ ।

खेलको ३८औं मिनेटमा डिफेण्डर सेर्गिनो डेस्टको हेडर उपयोग गरी गोललाइनबाट गोल गरेका थिए । यस प्रक्रियामा उनी इरानका गोलरक्षक अलिरेजा बेरन्बन्दसँग जुध्न पुग्दा धेरै समयसम्म मैदानमै उपाचार गर्नुपरेको थियो । उनलाई पहिलो हाफपछि सब्सिट्युट गरिएको थियो ।

यो यस्तो खेल थियो जहाँ दुवै टिमका लागि नकआउट चरण प्रवेशको अवसर थियो । अन्तिम १६ मा पुग्न इरानका लागि बराबरी नै काफी थियो । तर, खेल अबधिभर उनीहरुले एकपल्ट मात्र अमेरिकाको पोष्टमा आक्रमण गर्न सके ।

दोस्रो हाफमा सुधारिए पनि इरानले गोल गर्न सकेन । खेलको इन्जुरी समयमा इरानले सबैभन्दा राम्रो अवसर पाएको थियो । मुर्तजा पौरालिगान्जीको फ्रिकक प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो ।

अन्तिममा इरानलाई निराश बनाउँदै अमेरिका विश्वकपमा नकआउट चरणमा पुग्यो । अमेरिकाले चौथोपल्ट विश्वकप खेलेकोमा तेस्रोपल्ट नकआउट चरणमा पुगेको हो ।

सन् १९७८ यता छैटौंपल्ट विश्वकप खेलेको इरान अहिलेसम्म पहिलो चरणबाट माथि उठ्न सकेको छैन । यसपल्ट उनीहरुका लागि सबैभन्दा सहज र ठूलो अवसर थियो । किनभने समूहचरणको खेलमा इरान इंग्ल्याण्डसँग हारे पनि वेल्सलाई २९० गोलले हराएको थियो । अन्तिम खेलमा बराबरीकै नतिजा उसका लागि पर्याप्त थियो ।अनलाईन खबर बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com