Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

चोरी गर्ने एक युवती काठमाडौंबाट पक्राउ

जेठ, ३ काठमाडौं । चोरी गर्ने एक युवतीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरको छ। झापा बुद्धशान्ति गाउँपालिका-३ घर भइ सुकेधारा बस्दै आएकी २० वर्षीया अनुष्का मगरलाई म‌गलबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले बताएको छ ।

मंगलबार दिउँसो सुकेधारा आनन्दनगरस्थित एक घरमा चोरी गरेको उनीमाथि आरोप छ। परिसरका अनुसार मगरले सुनको साढे एक तोलाका दुइटा औंठी, एक तोला बराबरको ब्रासलेट, सिक्री, चुरा लगायत झन्डै आठ तोला बराबरको सुनका गरगहना चोरी गरेको आरोप छ। यस्तै उनले एउटा मोबाइल समेत चोरी गरेको निवेदन परेको छ।

प्रहरीले अनुष्काको साथबाट एउटा हाते झोला, सुनको गहना राख्ने बट्टा, सुनजस्तै देखिने ११ ग्राम तौल भएको एउटा सिक्री, सुन जस्तै पहेँलो धातु २.५ ग्रामको दुई थान जुली र एउटा मोतीको माला बरामद गरेको बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com