Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

कोटेश्वरमा कोइला बालेर सुत्दा चार जना अचेत अवस्थामा फेला

शुक्रबार राति ८ बजे काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सहयोगीनगरस्थित कुमार खत्रीको ५ तले घरमा चार जना निस्सासिएर अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

पाँचौं तलामा कोठाको झ्याल ढोका बन्द गरी कोइला बालेर आगो ताप्नेक्रममा त्यहाँ रहेका चार जनालाई एक्कासि स्वासप्रस्‍वासमा समस्या आउँदा निस्सासिएका थिए। सोही घरमा बस्नेले थाहा पाएपछि ढोका खोलेर हेर्दा उनीहरू अचेत अवस्‍‍थामा फेला परेको एसएसपी कार्कीले बताए।

विद्युतीय उपकरणहरूका स्विच, मल्टिप्लगहरूलाई काम सकिएपछि बन्द गर्न, ग्यासको सिलिन्डरलाई कोठाभन्दा बाहिर राख्न र काम सकिएपछि बन्द गर्न प्रहरीले अनुरोध गरेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com