Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

चन्द्रागिरि केबलकारमा फसेका ४ सय ३६ जनाकै उद्धार

काठमाडौंको चन्द्रागिरि केबलकारमा समस्या आउँदा फसेका ४३६ जनाकै उद्धार भएको छ।
बुधबार दिउँसो पौने २ बजे केबलकारमा समस्या आएको थियो। समस्या आउँदा चन्द्रागिरिको भालेश्वर मन्दिरमा फसेका ४३६ जना पर्यटकको राति आठ बजे उद्धार भएको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

केबलकार आधा घण्टादेखि ४५ मिनेट सम्म बीचमै रोकिएको थियो। इमर्जेन्सी सेवा सञ्चालन गरी केबलकारलाई माथिसम्म पुर्‍याइएको थियो।

भ्रमणका लागि निस्किएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परिवार पनि केहीबेर केबलकारमै अड्किएका थिए। त्यतिबेला १४० जना केबलकारमा फसेका थिए।

प्रहरीले माथि मन्दिरमा फसेका १७० जनालाई पैदल हिँडाएर उद्धार गरेको हो। त्यस्तै, २६६ जनाको भने केबलकारकै प्रयोग गरी उद्धार गरेको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए।

उद्धारका लागि एक सय ५० भन्दा बढी प्रहरी परिचालन गरिएको थियो।

उद्धार गर्न प्रहरी वृत्त थानकोटका डिएसपी, प्रहरी वृत्त कीर्तिपुरका डिएसपी, प्रहरी वृत्त नागार्जुनका निरीक्षक, प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक, नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक, सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको टोली खटिएको थियो।

यस घटनाबारे दिउँसो बुझ्दा चन्द्रागिरिका जनरल म्यानेजर सञ्जीव थापाले ‘टेक्निकल फल्ट’का कारण केहीबेरमात्रै अड्किएको बताएका थिए।

उनले केबलकार १५ मिनेटमात्रै अड्किएको बताएका थिए।
‘टेक्निकल फल्ट भएर एकैछिन होल्ड भएको हो। कहिलेकाहीँ देखाउँछ नि त्यस्तै। टावरहरूमा समस्या देखाउँदा अटोमेटिक रोकिन्छ। त्यो समस्या थाहा पाएपछि चलिहाल्छ,’ उनले भने, ‘मानिसहरू फसेका होइनन्। १०-१५ मिनेट समस्या डिटेक्ट गर्नलाई टाइम लाग्यो। त्यसपछि इमर्जेन्सी मोड हुन्छ। त्यसमा गएपछि मान्छेहरू फस्ने कुरै हुन्न।’

उनका अनुसार केबलकारमा कुनै पनि समस्या देखिएमा आफैं नै रोकिने गर्छ।
‘कुनै पनि फल्ट देखियो भने केबलकार अटोमेटिक रोकिन्छ। टेक्निकल कुरा हो। सुरक्षाको हिसाबले पनि समस्या देखियो भने रोकिनु राम्रै हो,’ उनले भने, ‘सिस्टम नै यस्तो छ। सेतोपाटी बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com