Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

गठबन्धनको विजय र्‍याली

जेठ,७ काठमाडौं । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन विजयी भएपछि हेटौंडामा आज विजय जुलुस निकालिएको छ । गएराति सम्पन्न मतगणनाबाट हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा क्रमशः मीना लामा र राजेश बानिया विजयी भएका थिए ।

आज हेटौंडा–४ को फरेष्ट्रि चोकबाट निस्किएको विजय जुलुसले हेटौंडा बजारको परिक्रमा गरेको थियो। विजयी जुलुसमा निर्वाचित मेयर लामा,उपमेयर बानियाँ सहित काँग्रेस वागमती प्रदेश अध्यक्ष इन्द्र बहादुर बानियाँ, बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष मुकुन्द न्यौपाने, वागमती प्रदेश सदस्य मुनु सिग्देल, माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी, समाजवादी मकवानपुर इन्चार्ज ललित बस्नेत सहित गठबन्धन नेतृत्व राजनैतिक दलका नेता कार्यकर्ता, गठबन्धनका निर्वाचित वडाध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com