Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

नेकपा माओवादीको केन्द्रीय कमिटीको बैठक जारी

साउन,१८ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी छ। कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेपछि बैठक सुरू भएको हो। आजको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि आ-आफ्नो धारणा र सल्लाहसुझाव राख्ने क्रम जारी रहनेछ।

हिजो देखि सुरू भएको बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गरेका थिए। हिजो सो प्रतिवेदनमाथि १८ जना केन्द्रीय सदस्यहरूले धारणा तथा सल्लाहसुझाव राखिसकेका छन्।

हिजै अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीमा २४ ‍महिला सदस्य थप गरी ४०९ पुर्‍याउने गरी विधान संसोधनको प्रस्तावलाई बैठकले पारित गरिसकेको छ। बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यहरूले संगठनको आकार सानो बनाउने अध्यक्षको प्रतिवेदनमा भनिएको तर पहिलो दिन नै संख्या थप गरेर ४०९ सदस्यीय पुर्‍याइनु आफैंमा विरोधाभासपूर्ण रहेको बताएका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com