Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

कांग्रेसका बागी मिलाउन भरतपुरमा गृहमन्त्री खाणको दौडधुप

काठमाडौं १५ वैशाख । पार्टी भित्रको असन्तुष्ट समूहलाई मिलाउन चितवन आइपुगेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले पूर्वजिल्ला सभापति कृष्णलाल श्रेष्ठलाई भेटेका छन्।

सापकोटाको निवास बेलचोकमा पुगेर उनले भेट गरेका हुन्। भेटमा खाणले पार्टीको निर्णयलाई सहयोग गरिदिन आग्रह गरेका थिए। सापकोटा भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई लिइएकोमा असन्तुष्ट छन्। सापकोटा निवासमा अर्का पुराना नेता भीमबहादुर श्रेष्ठ पनि थिए। खाणले उनीहरूलाई स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई सम्झाइदिन आग्रह गरेका थिए।

कृष्णलाल सापकोटालाई भेटेपछि खाण कृष्णपुरमा रहेको मेयरका उम्मेदवार जगन्नाथ पौडेलाई भेट्दैछन्। उनले पौडेललाई उनकै निवासमा भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। पौडेललाई फकाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि भरतपुर आइपुगेका छन्।

पौडेललाई उम्मेदवारी फिर्ता लिन पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले आग्रह गरेका छन्।
भरतपुरको मेयरमा गठबन्धनले माओवादी केन्द्रकी रेनु दाहाललाई उम्मेदवार बनाएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com