Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

बंगलादेशमा दुई रोहिंग्या नेताको हत्या

बंगलादेशमा ङ्गलादेशमा रोहिंग्या समुदायका दुई नेताको हत्या भएको छ । एउटा समूहले क्याम्प १३ मा रहेका दुई शरणार्थीको हत्या गरेको बंगलादेशको प्रहरीले जनाएको छ । करिब १० लाख शरणार्थी बसोबास गर्ने शिविरमा सुरक्षा अवस्था कमजोर भएको लाभ लिँदै भीडले उक्त हिंसात्मक आक्रमण गरेको हो ।

हालैका महिनाहरूमा शरणार्थी बसोबास गर्ने बस्तीमा हिंसा बढेको छ । प्रहरी प्रवक्ता फारुक अहमदले क्याम्प १३ मा शनिबार राति दुई रोहिङ्ग्या शिविरका नेताको हत्या भएको पुष्टि गरे । पछिल्लो तीन महिनामा मात्रै शिविरमा कम्तीमा १४ रोहिंग्याको हत्या भएको छ। गत वर्षको तुलनामा शिविरमा हत्याका घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ ।

सन् २०१७ मा म्यानमारमा भएको सैन्य कारबाहीपछि भागेर आई बसेका रोहिंग्या शरणार्थीलाई बंगलादेशमा विभिन्न शिविरमा राखिएको छ । उनीहरू स्वच्छ पिउने पानी, औषधि उपचार जस्ता अत्यावश्यक बस्तुको आपूर्तिबाट वञ्चित छन् । एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com