Yeti Khabar

२०८१ बैशाख ७, शुक्रबार - Fri Apr, 2024 -

विदेशबाट फर्किँदा अतिरिक्त मोबाइल ल्याउन दिन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट फर्किँदा दुई वटा मोबाइल ल्याउन पाउने विषयलाई सरल र सहज बनाउन निर्देशन दिनुभएको छ । उहाँले विदेशबाट फर्केका नेपालीले व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउन पाउने सम्बन्धमा नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई फुकाउन निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री दाहालले आज पुनः उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई त्यससम्बन्धमा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यबाही अघि बढाउन निर्देशन दिएको छु, प्रेस संयोजक शर्माले भन्नुभयो ।

व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइलका सम्बन्धमा नागरिकस्तरबाट गुनासो आएपछि त्यसलाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीले यसअघि पनि निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्रीले निर्देशन दिए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सोमवार हिजो अमेरिकाबाट नेपाल आएका नेपालीलाई मोबाइल ल्याउन रोक लगाएको समाचार सार्वजनिक भएको थियो।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com