Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

बैशाख,२९ काठमाण्डौ । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बाग्लुङका दीपेन्द्रबहादुर थापा, नेकपा एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण दिउँसो ४ बजे राखिएको गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताउनुभयो । मन्त्रालयको नाम भने शपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्रीको कार्यालयले बताएको छ ।

गएको वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट पाण्डे गएको १४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com