आर्थिक संकट समाधान गर्न सबै राजनीतिक दल मिलेर काम गर्नु पर्ने
२१ चैत, काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले देशको आर्थिक संकट समाधानका लागि सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।
उनले देशको आर्थिक संकटको समाधानका लागि सबै राजनीतिक दलले मिलेर काम गर्नु पर्ने भन्दै दलहरुलाई सरकारमा सहभागी हुन निम्तो दिएका हुन् ।
आइतबारराति सरकारका सबै २१ जना मन्त्रीले राजिनामा बुझाएका थिए ।
५ वर्षका लागि प्रत्यक्ष निर्वाचित श्रीलंकाका राष्ट्रपतिलाई जुनसुकै बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद विघटन र गठन गर्ने अधिकार छ ।