Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

सवारी ज्यानसम्बन्धी मुद्दा मिलाइ दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाण्डौ – सवारी ज्यानसम्बन्धी मुद्दा मिलाइ दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाइ दिने भन्दै सुरेश महर्जनसँग एक लाख रुपैयाँ लिएर ठगी गर्ने नुवाकोटको सूर्यगढी गाउँपालिकाका ५६ वर्षीय अरुण गुरुङ र गोरखाको बोर्लाङका ३७ वर्षीय महेश भट्टलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार सवारी ज्यानसम्बन्धी मुद्दा मिलाइ दिने भन्दै तीन लाख रुपैयाँ माग गरेकामा एक लाख रुपैयाँ रकम लिएर ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो ।

रकम ठगी भएसँगै महर्जनले भदौ ५ गते प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएका थिए । प्रहरीले पक्राउ परेकासँग एक लाख नगद र मोबाइल तीन थान बरामद गरेको छ । पक्राउ परेकामाथि प्रहरीले मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद–२१ को २४९ बमोजिम ठगी गर्न नहुने कसुरमा काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com