Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

पोर्चुगल विश्वकपका लागि छनोट

काठमाण्डौ १६ चैत । ब्रुनो फर्नान्डेसको दुई गोलको सहयोगमा पोर्चुगल फिफा कतार विश्वकप २०२२ का लागि छनोट भएको छ । मंगलबार राति भएको युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनोट भएको हो ।

घरेलु मैदानमा पोर्चुगललाई जित दिलाउन दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । खेलको ३२ औँ मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । उनले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए ।

६५ औँ मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई २–० को जित दिलाउँदै विश्वकपमा पुर्‍याए । उनले डिओगो जोटाको पासमा गोल गरे । मंगलबार राति नै भएको प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई हराउँदै विश्वकपमा छनोट भयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com