Yeti Khabar

२०७९ मंसिर २२, बिहीबार - Thu Dec, 2022 -

पानी पिउने करूवा प्रहार गरेर श्रीमतीको हत्या

कार्तिक,२४ काठमाडौं । पानी पिउने करूवा प्रहार गर्दा झापामा आज बिहान एक जना भारतीय महिलाको घटनास्थलमै मृत्यु भएको छ।
बुद्धशान्ति गाउँपालिका वडा-१ बुधबारे बजारमा डेरा गरी बस्दै आएकी भारतको महाराष्ट्र गुरेली ग्राम पञ्चायत घर भएकी २६ वर्षीया सपना गोरडको उनकै श्रीमानले करूवा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।

उनीहरूको स्थानीय हिजो बजारमा सुन चाँदीका गरगहनाको पसल गर्दै आएका थिए।
श्रीमान-श्रीमती बीचको सामान्य विवाद बढेर उग्ररूप लिएपछि आक्रोशित भएका श्रीमान ३२ वर्षीय रघुनाथ गोरडले पानी पिउन प्रयोग गरिने करूवा प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले बताए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com