Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

अख्तियारले लियो मध्यपश्चिम विश्वविद्यालयका कागजात नियन्त्रणमा

साउन २७, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिम विश्वविद्यालयका कागजात नियन्त्रणमा लिएको छ । विभिन्न विषयमा उजुरी परेको भन्दै आयोगको सुर्खेत कार्यालयले विश्वविद्यालयका कागजात नियन्त्रणमा लिएको हो ।

नियुक्ति प्रक्रिया, छात्रवृत्ति लगायतका विषयमा उजुरी परेको थियो, आयोगको सुर्खेत कार्यालयका प्रमुख भोला दाहालले भने, अनुसन्धान अधिकृत तोकेर अनुसन्धान प्रक्रिया सुरु भइसकेको अवस्थामा आज आवश्यक कागजात विश्वविद्यालयको केन्द्रीय कार्यालय लगायतका कार्यालयमा पुगेर नियन्त्रणमा लिएका हौं ।

अनुसन्धानसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको तर अख्तियारले छापा नहानेको आयोगका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । उनले भने, अख्तियारको नियमित प्रक्रियाअनुसार नै अनुसन्धानसँग जोडिएका कागजात अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com