Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

बेपत्ता परिवारलाई घर हस्तान्तरण

१६ चैत, दाङ । २०५८ साल मंसिर २ गते जीतबहादुर घर्तीलाई नेपाली सेनाले पक्राउ गरी घोराहीको ब्यारेकमा पुर्‍यायो । सोधपुछका लागि भनेर लगिएका उनी ब्यारकेबाटै वेपत्ता पारिए ।

श्रीमान् बेपत्ता पारिएपछि ६० वर्षीया सेतली मगरको जीवन साहरा खोसियो । ०६२ सालको शान्ति प्रक्रियापछि उनी श्रमिान्को खोजिका धेरै ठाउँ धाइन् । तर श्रीमान्‌को कतै पत्तो लागेन । द्वन्द्वकालमा वेक्ता बेप्पता पारिएका श्रीमान् खोज्दा खोज्दै उनको झन् विचल्ली भयो । उनीसँग बस्नलाई घर भएन ।

दश वर्षे जनयुद्धमा श्रीमान् वेपत्ता पारिएपछि उनको जीवनमा खुसी फर्केको थिएन ।आज भने उनै सतली दंग थिइन् । सम्भवतः उनी धेरै वर्ष पछि यसरी मुस्कुराएकी थिइन् ।
स्थानीय सरकार घोराही उपमहानगरपालिका–१४ को वडा कार्यालयले ढोडेनीमा उनको लागि घर निर्माण गरिदिएको छ । वडा कार्यालयको ७ लाख र नगरस्तरीय बजेट ३ लाख १९ हजार गरी १० लाख १९ हजारमा निर्माण गरिएको ३ कोठेघर पुर्व सभामुख कृष्णबहादुर महाराले आज उनलाई हस्तान्तरण गरे ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com