Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

सिरहामा २ जनामा डेङ्गु देखिएपछि जनचेतना फैलाउदै स्वास्थ्यकर्मी

भदौ,२३ काठमाडौं । सिरहाको गोलबजार नगरपालिकामा २ जना डेङ्गु प्रभावित विरामी फेला परेपछि जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरु डेङ्गु फैलाउने लामखुट्टे नियन्त्रणको लागि जनताको घरघरमा पुग्नु थालेका छन । गोलबजार नगरपालिका– ६ का दुई जना पुरुषमा डेङ्गुको जीवाणु भेटेको नगर स्वास्थ शाखा प्रमुख सरोज कर्णले जानकारी गराउनु भयो ।

डेङ्गु सार्ने लामखुट्टे घर आसपासमै राखिने गमला, फूलदानी, एयर कण्डिसन, कुलर, पानी ट्यांकी, फालिएका प्लास्टिकका भाँडा र पुराना टायरहरूमा जमेको सफा पानीमा बस्ने भएकाले नियन्त्रणका उपायहरु बताउँदै कर्मचारी तथा जनप्रतिनिधीहरु घर घरै पुगेका छन् ।

गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठले सम्पूर्ण जनप्रनिधि, कर्मचारी, स्थानीय व्यवसायी तथा समाजसेवीहरुले डेङ्गु नियन्त्रण अभियानमा सघाउन अनुरोध गरेका छन । उनले जनप्रतिनिधि र कर्मचारीबाट मात्र डेङ्गु नियन्त्रण सम्भव नभएको भन्दै यसमा सवैको सहयोगको जरुरी रहेको बताए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com