Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

दुई पटक मत खसाल्न खोजेको आरोपमा एक जना पक्राउ

बैशाख,१० काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा दुई पटक मत खसाल्न खोजेको आरोपमा एक जनालाई प्रहरीले‍ पक्राउ गरेको छ।
देवताल गाउँपालिका-७स्थित पिपरपाती जब्दी बुथमा दुई पटक मत खसाल्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी होबिन्द्र बोगटीले बताए ।

पक्राउ परेका व्यक्तिले एउटा मत हालिसकेपछि पुन: नमुना मतपत्र खसाल्न खोजेको एसपी बोगटीले बताए। उनलाई अहिले जिल्ला प्रहरी कार्यालय बारामा लगिँदैछ।
प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६५ वर्षीय रामसागर यादवलाई पक्राउ गरेको हो। उनले एउटा मतपत्र खसालेर मतदातालाई प्रशिक्षणको क्रममा दिइएको नमुना मतपत्र पनि बाकसमा खसाउन खोजेपछि मतदान अधिकृतले देख्नुभएछ अनि प्रहरीलाई जिम्मा लगाउनुभयो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com