Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

वीरगन्जमा डेंगु र स्क्रब टाइफसका बिरामी ह्वात्तै बढे

पर्साको वीरगञ्जमा डेंगु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। वीरगञ्जको नारायणी अस्पताल तथा निजी क्लीनिकमा दिनहुँ डेंगु र स्क्रब टाइफसका बिरामी उपचारका लागि आउन थालेका छन्।

नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहका अनुसार सातायता दैनिक जसो बिरामी फेला पर्न थालेका छन्। खासगरी वीरगञ्ज बाहिरबाट आएका नागरिकमा बढीजसो डेंगु र स्क्रब टाइफसको लक्षण देखिएको उनले बताए। बिरामीको सङ्ख्या बढ्न थालेपछि चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन्।

हाल दैनिक रुपमा १५ देखि २० जनामा डेंगु र स्क्रब टाइफसका बिरामी अस्पताल भर्ना हुन थालेका चिकित्सकले बताएका छन्। बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठूला रातो डाबर आउने जस्ता लक्ष्यण देखिने गरेको डा सिहले बताए।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com