Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन

१४ चैत, काठमाडौं । विराटनगरका अग्रज साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ । क्यान्सर रोगको उपचार गरिरहेका सुवेदीको ७८ वर्षको उमेरमा आज बिहान ३ बजे निधन भएको छ ।

सुवेदीका मोरङको साहित्यिक इतिहास, नेपाली साहित्यका मुस्कानहरु, सौन्दर्य कविता संग्रह, अविरल यात्रालगायत एक दर्जनबढी कृति प्रकाशित छन् । उनले अनेकौं कृतिहरूका समालोचना पनि गरेका छन् ।

सुवेदी विराटनगरका सामाजिक अगुवा हुन् । विराटनगरले साहित्यिक, सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रको अगुवा गुमाएको साहित्यकार मिनकुमार नवोदितले बताए । सुवेदीको पार्थिव शरीरलाई आज नै अन्त्येष्टि गरिनेछ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com