Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

टाँगेका निर्वाचन प्रचार सामग्री हटाइँदै

सप्तरीको राजबिराज नगरभित्र टाँगेका निर्वाचन प्रचार सामग्री आजदेखि हटाउन थालिएको छ । राजविराजस्थित गजेन्द्र चोकसहित नगरको विभिन्न क्षेत्रमा टाँगिएका ब्यानरले नगर नै कुरूप बनेको भन्दै सो सामग्री हटाइएका छन् ।

प्रहरीले निर्वाचन आचारसंहिता विपरीत नगरका विभिन्न ठाउँमा राजनीतिक दलले टाँगेका विभिन्न पार्टीका झण्डा, पोस्टर र ब्यानर हटाउन थालेको प्रहरी नायब उपरीक्षक नरेश सिँहले जानकारी दिए ।

निर्वाचन आचारसंहिता विपरीत राखेपछि स्थानीय प्रशासनले हटाउन थालिएको भन्दै भारतीय नम्बर प्लेटका गाडीमा उम्मेदवारले झण्डा लगाउन नपाउने प्रहरी नायव उपरीक्षक सिंहको भनाइ छ । नेपाली नम्बर प्लेटका सवारी साधनमा झण्डा मात्र लगाएर प्रचारप्रचार गर्ने पाउने व्यवस्था भएकाले भारतीय भाडाका गाडीमा झण्डा राखेको पाइएमा गाडी नियन्त्रणमा लिई आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com