Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

काठमाडौंका सडकमा खानेकुरा बेच्न नपाइने

असार, १३ काठमाडौं । काठमाडौं महानगरपालिकाले खानेकुरा तथा पानीको शुद्धताको निगरानी गर्ने भएको छ । काठमाडौंमा हैजाका बिरामी बढ्दै गएपछि खानेकुरा तथा पानीको शुद्धताको निगरानी गर्ने महानगरले जनाएको हो ।

यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिने भएको छ । प्रहरीसँग सहकार्य गरेर सडकमा खानेकुरा बेच्न नदिने महानगरले जनाएको छ । यस्तै होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको छ । यस्तै पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट हेर्न र सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ ।

महानगरपालिकाले आजदेखि हैजा सम्बन्धी समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालन थालेको छ । यसअघि कोभिड रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिएको ११८० नम्बरलाई राष्ट्रियसभा गृहको कल सेन्टरमा स्थानान्तरण गरेर सेवा थालिएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com